Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७७ बैशाख ४, डोल्पा । डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती बिपना रोकायालाई हवाई उद्धार गरिएको छ । सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनीको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गर्नु भएको थियो । चिकित्सकका अनुसार उनीको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ । आज नेपाली सेनाको हेलिकप्टरद्वारा जिल्ला सदरमुकामबाट दुनैबाट उनीलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । बिपनालाई सुत्केरी गराउन यही वैशाख २ गते जिल्ला अस्पताल ल्याएको उनका श्रीमान लक्ष्मी रोकायाले जानकारी दिए । उनले भने, ‘श्रीमतीको पेटमा शिशु उल्टो रहेको छ भन्नुभयो डाक्टरले । सुर्खेत लैजानुपर्छ भन्नुभयो ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed