Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म ३० हजार ९२५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी न्यूयोर्क सिटीमा १० हजार ८९९ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट ३० हजार भन्दा बढी मानिसको ज्यान जाने अमेरिका मात्रै एक देश हो । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा ६ लाख ३९ हजार भन्दा बढी पुगेको छ। विश्वविद्यालयका अनुसार विश्वभर हालसम्म एक लाख ३७ हजार २० जनाको कोभिड–१९ बाट ज्यान गएको छ । यस्तै संक्रमितको संख्या पनि २० लाख ६४ हजार भन्दा बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed