Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

२०७७ बैशाख २, जनकपुर – महामारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा प्रदेश नम्बर २ को सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ । सरकारले यस्तो विपदको अवस्थामा मुलुकलाई लकडाउन गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आपत्तकालीन घोषणा गर्दै सार्वजनिक तथा निजी संस्था लगायत सम्पूर्ण क्षेत्र ठप्प रहेको अवस्थामा प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै नव वर्षको अवसरमा प्रदेशवासीलाई शुभकामना दिदैँ मंगलबार सार्वजनिक विदा दिएको हो । मन्त्री यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘यतिबेला नोवल कोरोना भाइरसको ठुलो जोखिममा छौँ । प्रदेश सरकार उच्च मनोबलका साथ साधन स्रोत तथा जनशक्तिको अधिकतम उपयोग गरी यो महामारीको मुकाविल गर्न लागि परेको छ । यस्तोमा सरकारद्वारा जारी हुने निर्देशन तथा सुझावहरुलाई पालना गर्दै यो पर्व सामाजिक दुरी कायम गरी मनाउनु हुन सम्पूर्ण प्रदेशवासीसंग आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed