Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

२०७७ बैशाख २, काठमाडौं । कोरोनाका कारण चैत ११ बाट जारी लकडाउन बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम रोकिएको छैन । यो भाइरस फैलन नदिन सवैभन्दा उपयुक्त विकल्प भनेको लकडाउन (बन्दाबन्दी) नै भएकाले लब्याउनुको विकल्प नभएको निष्कर्षमा सरकार पुगेको छ । सोही निष्कर्षका आधारमा जारी मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने सरकारका एक मन्त्रीले बताए । उनका अनुसार बैठकले कम्तिमा एकसाता थप्ने र लकडाउन थप कडा बनाउने तयारी छ ।

‘क्रमश बैशाख अन्तिमसम्म पनि लकडाउन लम्ब्याउनुपर्ने हुनसक्छ । तर अहिले एक साताको मात्रै निर्णय हुन्छ’, ती मन्त्रीले भने,‘ नेपालसँग सीमा जोडिएको भारतमा समेत वैशाख २१ सम्म लकडाउन थपिएकाले यहाँ पनि लम्ब्याउनुको विकल्प छैन । यसमा सवैको साथ र सहयोग चाहिन्छ ।’ देशभित्र कोरोना संक्रमितको संख्या थपिदै गएकाले परीक्षणको दायरा समेत अझ बढाउदै लैजानुपर्ने भएकोले लकडाउन लम्ब्याउन लागिएको उनको भनाइ छ । सोमबार मात्रै कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १४ पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा तीन जना उपचाररत छन् । एक जना भने उपचारपछि घर फर्किसकेका छन् । पछिल्लो समय काठमाडौको सनसिटी अपार्टमेन्टमा पनि थप तीनजनामा कोरोना संक्रमणको आशंकामाअस्पताल भर्ना गरिएको छ । एकैघरका उनीहरुको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि थ्रोट स्वाबको रिपोर्ट आइसकेको छैन । बालुवाटारर श्रोतका अनुसार लकडाउनले समस्यामा परेका नागरिकहरुको व्यवस्थापनका बारेमा समेत आजको मन्त्रिपरिषदमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed