Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत ३०, जाजरकोट । बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । पसलबाट सँधै उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई कसरी चुल्हो बाल्ने भन्ने चिन्ता परेको छ । नेपालीले भने, ‘कमाइ गर्न भारत गएका छोराबुहारी आउन पाएन्न्, मेरो एकल महिला भत्ताबाट साहुको ऋण तिरेँ । अहिले खानाको जोहो गर्न निकै समस्या छ ।’ शान्तिलाई जस्तै अयर्ना गाउँकी पवित्रा नेपालीको पीडा पनि उस्तै छ । उनले भनिन्, ‘ऋण काढेर श्रीमान कमाइ गर्न भारत जानुभयो, चैत महिनामा आउने भन्दै हुनुहुन्थ्यो तर गाडीको टिकट काटे पनि लकडाउनपछि आउन पाउनु भएन । यहाँ खर्च र खाद्यान्न सकिएको छ ।’

परिवार पाल्ने चिन्तामा परेकी पवित्राले थपिन्, ‘मकै राखेको भकारी रित्तो भयो, चार छोराछोरीलाई कसरी साँझ बिहान खाना खुवाउनु ? मालिक छिटो कालापारबाट आएको भए केही हुने थियो ।’ अयर्ना गाउँकै तोल्मा नेपालीले लकडाउनअघि गाउँका विकास निर्माणका काम गदैँ ज्यालाबाट आएको कमाइले छोराछोरीलाई खाना दिने काम भएकामा अहिले समस्या भएको गुनासो गरिन् । उनले भनिन्, ‘कसरी खानाको व्यवस्थाप गर्ने र कमाइ गर्ने ? श्रीमान बितिसक्नुभयो । अहिले घर व्यवहार सबै मेरो जिम्मामा छ ।’

दैनिक मजदुरी गरेर छाक टार्ने र वर्षेनी भारत गएर कमाइ गरी ल्याएको पैसाले खाद्यान्न र लत्ता कपडा खरिद गर्ने यहाँका दलित समुदायको वाध्यता हो । नयाँ बाली नपाकेको र पुरानो बाली सकिएको वेला लकडाउन हुँदा जाजरकोटका गरिब परिवार समस्यमा परेका छन् । आफ्नो उत्पादनबाट यी परिवारलाई छ महिनामात्र खान पुग्छ ।

बारेकोट गाउँपालिकाले अझै गरिब परिवारको लागत सङ्कलन गरिसकेको छैन । गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले झण्डै ४ सय घरधुरी गरिबीको रेखामुनी रहेको र लगक सङ्कलन भइरहेको बताए । कुशे गाउँपालिकामा यस्तै समस्या छ । गाउँपालिकाले गरिब घरधुरी छान्दा १७० घर बनाएको थियो, अहिले गाउँपालिकामा १ हजार भन्दा बढी घरधुरीबाट खाद्यान्न मौखिक माग आएको छ, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परको सो गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

भेरी नगरपालिकाले पनि राहत वितरणको काम सुरु गरेको छैन । छेडागाड नगरपालिकामा पनि राहत वितरणमा समस्या परेको छ । सबैलाई दिन बजेट नपुग्ने सो पालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए । नलगाड नगरपालिकाले भने गरिब घरधुरीको पहिचान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । सो पालिकाले वडा ७ र ८ बाट राहत वितरण शुरु गरेको थियो ।

यता जुनिचाँदे गाउँपालिकामा राहत वितरणको लागि सदरमुकामस्थित खाद्य संस्थाबाट ५२ क्विन्टल चामल, सोही मात्रमा आयोडिन युन र दाल खरिद भइसकेकोले आजबाट वितरण हुने प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । शिवालय गाउँपालिकाले १५० जना गरिब परिवार छनोट गरी राहत वितरणको काम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

गर्भवतीको उद्धार
सुत्केरी हुन नसकेर समस्यमा परेकी त्रिपुरासुन्दरी नगरपालिका– ४ डोल्पाकी पन्चरुपा धरलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरी डोल्पाबाट सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । नगरपालिकाबाट डोल्पा सवास्थ्य सेवा कार्यालय दुनैमा लान ढिला भएकोले उनको पेटभित्रको बच्चाको निधन भएको प्रजिअ सुनारले जनाए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed