Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ चैत्र २८, काठमाडौं – दक्षिण कोरिया सरकारले भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको कोरियाको न्याय मन्त्रालयले जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन् । आगामी मे अन्त्यसम्म कोरियामा कार्यरत ६० हजार विदेशी मजदुरको भिसा सकिँदै छ । विशेषत उनीहरूलाई लक्षित गरी यो निर्णय गरिएको हो ।

यसरी भिसा थपिएको यो दोस्रोपटक हो । कोरोना भाइरस समस्याकै कारण यसअघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधि समाप्त भएका विदेशीलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो । उक्त निर्णयबाट भिसा अवधि समाप्त भएका नेपाली लगायत एक लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढाएका थिए । यो निर्णयसँगै फेब्रुअरीमा ५० दिन भिसा थप गर्नेहरूले पनि पुनः तीन महिनाको भिसा थप्न सक्नेछन् । यद्यपि इ–९ र इ–१० भिसाबाहकले भने आफ्नो देशको अवस्था बुझाएर मात्र भिसा थप गर्न सक्नेछन् ।

हाल कोरियामा आउने सबै किसिमका भिसा कोरिया सरकारले बन्द गरेको छ । उक्त अवधिमा कोरियामा हुने कामदारको अभावलाई समेत यस भिसा अवधि थपको नीतिले पूर्ति गर्ने देखिन्छ । भिसा थप गर्न चाहने विदेशीले अध्यागमनको वेबसाइट धधध.जष्पयचभब.नय.पच वा फोन नम्बर १३४५ मा सम्पर्क गरी थप जानकारी लिन सकिने जनाइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed