Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

भारतमा कोरोना भाइरसका कारण बिहीबार राति मात्रै ३० जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९९ पुगेको छ । यस्तै पाँच सय ४७ नयाँ संक्रमित पनि फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार राति मात्रै ३० जनाको मृत्यु भएको हो भने ५ सय ४७ नयाँ संक्रमित फेला परेका हुन् । भारतभर संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेको छ । करिव पाँच सय जना उपचार पछि निको भएका छन् । भारतमा कोरोनाका सबैभन्दा धेरै संक्रमित महाराष्ट्र, तमिलनाडु र दिल्लीमा पाइएका छन् । सबैभन्दा धेरै मृत्यु महाराष्ट्रमा भएको छ जहाँ ९७ मानिसको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed