Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

बलिउडका बादशाह शाहरुख खान पछिल्लो समय फिल्म क्षेत्रबाट केही टाढा भएका छन् । सन् २०१८ को ‘जीरो’ ले राम्रो कमाई नगरेपछि केही समयदेखि मौन छन् शाहरुख खान । एक रिपोर्टका अनुसार उनले निकट भविष्यमा नै साउथका निर्देशकको फिल्म खेल्नेछन् । उनलाई ‘जीरो’ पछि पनि थुप्रै फिल्महरु खेल्न अफर आएका भारतीय सञ्चारमाध्यममा उल्लेख छ । तर उनले ती फिल्म खेल्न अस्वीकार गरिदिए । थुप्रै फिल्म निर्माता तथा निर्देशक उनीसँग काम गर्न उत्साहित हुन्छन् तर उनले फिल्ममा काम गर्दा निकै सोचेर मात्रै स्वीकार गर्ने गरेका छन् । यसैबीच, उनले आफ्नो करियरमा थुप्रै यस्ता फिल्म खेल्न अस्वीकार गरे जुन फिल्म ब्लकबस्टर भए ।

लगान
आशुतोष गोवारिकरको ब्लकबस्टर फिल्म ‘लगान’ सबैभन्दा पहिले आमिर खानलाई अफर गरिएको थियो । उनले अस्वीकार गरे । त्यसपछि शाहरुख खानलाई अफर गरिएको थियो तर उनले पनि अस्वीकार गरे । त्यसपछि आशुतोषले फेरि आमिरलाई फिल्म खेल्न मनाए ।

३ इडियट्स
थ्री इडियट्सलाई हिन्दुस्तानी फिल्मको इतिहासमा सबैभन्दा सफल फिल्म मानिन्छ । यो फिल्मको मुख्य भूमिका निभाउन राजकुमार हिरानीले सबैभन्दा पहिले शाहरुख खानलाई अफर गरेका थिए तर उनले इन्कार गरे । जसले इतिहास नै बनायो ।

एक था टाइगर
यो फिल्म पनि बलिउडको सफल फिल्म हो । जसले सलमान खानको करीयरमा अर्को आयाम थपेको थियो । तर कमैलाई मात्र थाहा छ निर्देशक कबीर खानले यो फिल्म खेल्नको लागि शाहरुख खानलाई अफर गरेका थिए । तर शाहरुखले व्यस्तताका कारण फिल्म इन्कार गरे ।

जोधा अकबर
यो फिल्म आशुतोष गोवारिकरले यो फिल्म खेल्नको लागि शाहरुख खानलाई अफर गरेका थिए । तर शाहरुख खानले फिल्म नखेल्ने निधो गरे । त्यसपछि फिल्ममा ऋतिक रोशनलाई लिइयो । जुन फिल्म निकै सफल भयो ।

कहो न प्यार है
ऋतिक रोशनका पिता राकेश रोशनको निर्देशन रहेको यो फिल्फ खेल्न शाहरुखलाई अफर गरिएको थियो । शाहरुखले यो फिल्म खेलेको भए ऋतिकले फिल्म खेल्न पाउँदैन थिए । तर शाहरुखले अस्वीकार गरेपछि ऋतिकलाई फिल्म दिइयो । यो फिल्मले निकै राम्रो कलेक्शन गर्न सफल भयो र थुप्रै अवार्ड पनि जितेको थियो ।

स्रोतः एबीपी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.