Breaking News.... EverestOnlineKhabar
June 15, 2026

Loading

२०७६ चैत १८, काठमाडौँ । भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । बा १४ च ९४९८ नम्बरको पिकअप भ्यान मंगलबार बिहान ५ बजे रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) टेकेन्द्र पौडेलका अनुसार मृत्यु हनुेमा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरी र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ । घाइते भएकाहरु धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर पौडेलले बताए । पौडेलका अनुसार बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको हो । पिकअप भ्यानका चालक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.