Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

विश्वव्यापी महामारी कोरोना भाइरसका कारण मृत्यु हुने तथा संक्रमित हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ । कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा आइतबार एकै दिन ६ सय ५१ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोनाका कारण हालसम्म सबैभन्दा धेरै पाँच हजार ४७६ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ७९३ जनाको मृत्यु भएको थियो । आइतबार मृत्यु हुनेको संख्या केही कम भए पनि अवस्था भयावह नै छ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या कम्तिमा १४ हजार ६५४ रहेको छ । चीनमा तीन हजार २७० जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म तीन लाख ३७ हजार ५५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९८ हजार ८८४ जना निको भएर घर फर्किएका छन् । कुल संक्रमितको संख्या अझै पनि चीनमा नै धेरै छ । स्थानीय रुपमा नयाँ संक्रमित पछिल्ला दिनमा नदेखिएको चीनमा हालसम्म ८१ हजार ९३ जनामा संक्रमण भएको छ । इटालीमा कुल संक्रमितको संख्या ५९ हजार १३८ रहेको छ । अमेरिकामा ३३ हजार ५४६, स्पेनमा २८ हजार ७६८, जर्मनीमा २४ हजार ८७३, इरानमा २१ हजार ६३८, फ्रान्समा १६ हजार १८, दक्षिण कोरियामा ८ हजार ९६१, स्वीट्जरल्याण्डमा सात हजार ४७४ र बेलायतमा पाँच हजार ६८३ जनामा संक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed