Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ चैत ७, प्युठान । प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो । उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नं ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए । घाइतेलाई जिल्ला अस्पताल बिजुजारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनःकाठमाडौंको ब्लुक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए । सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ ।

अनेरास्ववियु र नेविसङ्घको माग

अनेरास्ववियु र नेविसङ्घको घटनाप्रति दुःख व्यक्त गर्दै यातायात व्यवसायीको लापरवाही तथा यस प्रकारको रवैयाले भण्डारीको निधनले जिल्लाका यातायात चरम लापरवाही ढङ्गबाट सवारी सञ्चालन गरेको पुष्टि भएको जनाएका छन् । त्यसैले प्रशासन तथा जिल्लाका सरोकार पक्षले यस घटनाको निष्पक्ष छानविन गरी पीडित पक्षलाई कानूनी राज्यको आभास गराउनु प्रशासनको दायित्व भएको जनाउँदै निष्पक्ष छानविन गरी पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed