![]()
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिले विश्वका १ सय ८१ देशमा फैलिएको छ । हालसम्म कोरोनाको संक्रमण २ लाख ४५ हजार ९ सय २० जनामा देखिएको छ भने भाइरसको संक्रमणबाट १० हजार ४८ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै ८८ हजार ४ सय ६५ जना उपचारपछि निको भएका छन् । पछिल्ला केही दिन यता चीनमा संक्रमणको दर घटेपनि यूरोपेली तथा दक्षिण यसियाली देशहरुमा तीव्र रुपमा फैलिँदै गएको छ ।


