![]()
२०७६ चैत ६, काठमाण्डौ – शुक्रबारदेखि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना बन्द हुने भएको छ । कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमण नफैलियोस् भनेर चिडियाखाना अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको चिडियाखानाका प्रमुख चिरञ्जीविप्रसाद पोखरेलले जानकारी दिए । चिडियाखाना भिडभाड हुने ठाउँ भएको र सरकारको सूचना पालना गरेर बन्द गर्ने निर्णय भएको प्रमुख पोखरेलको भनाइ छ । यसअघि सरकारले २५ जनाभन्दा धेरै व्यक्ति जम्मा नहुन सबैमा निर्देशन दिएको थियो ।


