![]()
२०७६ चैत ६, काठमाडौं । लोक सेवा आयोगले लिने सम्पूर्ण लिखित परीक्षा स्थगित भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको त्रासका कारण आयोगले लिने भनि पूर्व निर्धारित सबै लिखित परीक्षा स्थगित भएका हुन् । चैत ८ गतेदेखि चैत मसान्तसम्मका निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाका पूर्व निर्धारित सबै परीक्षा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको आयोगले जनाएको छ ।


