Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

२०७६ चैत ३, काठमाडौं । चलचित्र ‘परदेशी २’को छायांकन चलिरहेको छ । पोखरामा पुगेर निर्माण पक्षले चलचित्रको दृष्य कैद गरिरहेको छ । नारायण रायमाझीको निर्देशनमा बनिरहेको चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । यस्तैमा, परदेशी २ मा नायक दीलिप रायमाझीको इन्ट्री भएको छ । मुख्य अभिनेता प्रकाश सपुतले फेसबुकमा एक पोष्ट गर्दै दीलिपले पनि यस चलचित्रमा अभिनय गर्न लागेको बताएका हुन् ।

दीलिप यस चलचित्रमा अतिथि भूमिकामा प्रस्तुत हुनेछन् । दीलिपसँगको फोटो पोष्ट गर्दै प्रकाशले लेखेका छन्, ‘मैले आफ्नो आइडलसँग स्कृन सेयर गर्ने मौका पाएको छु । सुटिङ हुदाँ घरी घरी लाग्छ कि, यो रियल मै भइरहेको छ नि ? कि म गहिरो निद्रामा छु ?’ परदेशी २ ले पढाईको शिलशिलामा विदेशिएका युवाहरुको कथालाई प्रस्तुत गर्नेछ । रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझीले नै निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed