Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

२०७६ चैत ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधी (पिएचडी)सम्मको पढाइ पूरा गरेका छन् । रावलले राजनीति शास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो । सोमबार रावलको शोध प्रबन्धको भाईभा थियो । रिसर्च कमिटीका प्राध्यापकमाझ रावलले आफ्नो शोध प्रबन्धको विस्तृतमा चर्चा गरेका थिए । रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिक शास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. मीना वैद्य रहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.