Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

२०७६ चैत ०३, सानोठिमी – नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनीयरिङ शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) र सेनाबिच उक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सहमतिपत्रमा आइतबार भक्तपुरमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा परिषदका सदस्य सचिव डा. पुष्परमण वाग्ले र नेपाली सेना, विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयका निर्देशक सहायकरथी भोलानाथ बुढाथोकीेले हस्ताक्षर गरे । तीनवर्षे अवधिको उक्त कार्यक्रम आगामी आर्थिक वर्ष २०७७–७८ देखि सुरु हुनेछ । उक्त दुवै शैक्षिक कार्यक्रममा ४८–४८ विद्यार्थीले भर्ना पाउनेछन् ।

माध्यमिक शिक्षा परीक्षा(एसइइ) उत्तीर्ण भई सिटिइभिटीले लिएको छनौट परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई प्राप्त गरेको अङ्कका आधारमा भर्ना गरिने जानकारी दिइएको छ । दुवै शैक्षिक कार्यक्रम सञ्चालनका लागि वार्षिक दुई करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिए पनि व्यवस्थापन र खर्चलगायत यावत विषय कार्य्विधिले तय गर्ने सहायकरथी बुढाथोकीले जानकारी दिए । मुलुक र सेनाको सङ्गठनलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गरी राष्ट्रले लिएको विकासको लक्ष्य समयमै पूरा गर्ने उद्देश्यले शैक्षिक कार्यक्रम अघि बढाइएको छ । उक्त शैक्षिक कार्यक्रमबाट उत्पादन हुने जनशक्तिले द्रुतमार्गलगायत राष्ट्रिय गौरवका आयोजना, रेलमार्ग, विद्युत प्रशारण लाइन, विमानस्थल निर्माण, जलविद्युत परियोजना र अरु विकासका ठूला आयोजनामा तत्कालै रोजगारी पाउनेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed