Breaking News.... EverestOnlineKhabar
July 30, 2026

Loading

२०७६ फागुन ३०, चितवन । शुक्रबार चितवनमा दिनदहाडै लुटपाट भएको छ । पूर्वी चितवनको खैरहनीमा ९ लाख रुपैयाँ लुटिएको हो । गुल्मीका नारायण घर्तीको ९ लाख रुपैयाँ खैरहनी–८ पर्साबजार नजिकबाट लुटिएको छ । भरतपुरको साइन विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताए । जग्गा खरिदको लागि भन्दै खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भए अनुसार घर्ती र उनका साथमा पदम घर्ति रकम लिएर खैरहनी आएका थिए । फोनमा भने अनुसारको स्थानमा पुग्दा दुईजना व्यक्तिहरु आएर रकम लिएको र लगत्तै उनीहरु भागेको पदम घर्तीले बताए । घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.