Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् । शुक्रबार विहान आफू उठ्दा ज्वरो आएको र घाँटी दुखेको गृहमन्त्री डटनले उल्लेख गरेका छन् । त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका उनमा पोजेटिभ रिपोर्ट आएको हो ।

अहिले गृहमन्त्री डटन अस्पताल भर्ना भएका छन् । उनले विज्ञप्ति जारी गरेर आफ्नो अवस्था अहिले ठीक रहेको बताएका छन् । मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी गएका थिए । त्यतिबेला प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग बैठक गरेका थिए । मार्च महिनाको सुरुमा गृहमन्त्री डटन अमेरिका गएका थिए । अघिल्लो हप्ता अष्ट्रेलिया फर्केका उनी कमर्सियल फ्लाइटमार्फत ब्रिसबेन र सिड्नी ओहोरदोहोर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed