Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ३०,काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईविरुद्ध ८ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको छ । गत तिहारमा देउसी खेल्न बोलाएर युवतीमाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका राईविरुद्ध काठमाडौं जिल्ला अदालतले ८ वर्ष ६ महिना कैदको सजाय सुनाएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले यसअघि नै राईलाई दोषी ठहर गरिसकेको थियो ।

बिहीबार कैद सजाय निर्धारण भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार राईविरुद्ध पीडित युवतीलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत फैसलामा उल्लेख छ । राईले एक युवतीलाई तिहारमा देउसी खेल्न भन्दै कोठामा बोलाएर बलात्कार गरेका थिए । पीडित युवतीको उजुरीका आधारमा राईलाई गत कात्तिक १२ गते प्रहरीले पक्राउ गरेको थियो । बलात्कार मुद्दामा पक्राउ परेलगत्तै अनेरास्ववियूले राईलाई केन्द्रीय सदस्यबाट निलम्बन गरिसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed