Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ३०, काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कम भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजारले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार २ सय रहेको छ । आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले कमि आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ८ सय ६० रहेको थियो । भने आज मूल्यमा कमि आइ चाँदीको मूल्य ८ सय २० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed