Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ३०, काठमाडौं । पूर्वमन्त्री पूर्णकुमार शेर्मा (लिम्बु)को निधन भएको शोकमा नेपाली कांग्रेसले दुई दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा शनिबार र आइतबार दुई दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले आइतबार केन्द्रीय कार्यालय र जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र १३ औं दिनमा पार्टी केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको कांग्रेस सचिवालयले जनाएको छ । शेर्माको यही फागुन २८ गते ललितपुरको निदान अस्पतालमा निधन भएको थियो । उनी नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य तथा स्थानीय विकासमन्त्रीसमेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed