![]()
२०७६ फागुन ३०, कैलाली – धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१ निवासी भैरवजंग पाण्डेरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत्यु हुनाका कारण खुल्न नसकेको र मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस


