Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ फागुन २८, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ । भक्तपुर जिल्ला मध्यपुर थिमि लोकन्थली वडा नं १ स्थित मनोहरा प्लानिङमा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान ७ः५० बजे विष्फोट भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ठूलो आवाजसहित भएको थियो । भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको बा १९ च ४७८१ नं को डेलिभेरी भ्यानको अगाडि को सिसा फुटेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । कपिल केसी र कुबेर घिमिरे को घरको सिसा फुटेको छ । प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ । बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed