Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ फागुन २७, काभ्रे । एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गरेको तालान्दीका कारण कारण कक्षा ११ र १२ को पटनपाठन समेत ठप्प भएको छ । क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले ‘विद्यार्थीको भविष्यमाथि खेलवाड’ गरेको जनाउँदै क्याप्पस प्रमुखको राजीनामालगायतका माग राख्दै गत माघ २६ गते तालाबन्दी गरेको थियो । अनेरास्ववियुले प्रशासन, लेखासँगै मूलगेटमा तालाबन्दी गरेको केही दिनमा क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि माघ ३० गते मूलगेटको तालाबन्दी खोलिएको थियो ।

विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच यही फागुन १३ गते भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । ‘क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि मूलगेटको मात्रै ताला खोलिदिएका थियौँ, एउटा वार्तामा मागबारे कुनै सम्बोधन भएन, अहिलेसम्म अन्य वार्ताको कुनै जानकारी छैन, हाम्रा माग पूरा नभएसम्म अन्य तालाबन्दी खोल्दैनौं,’ अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भने । उनका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण परीक्षा बोर्डले स्नातक तहमा ती विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने जनाएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

क्याम्पस प्रशासनले सञ्चालक समितिको अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको थियो । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको हो । क्याम्पसलाई लापरवाहीका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण क्याम्पस प्रमुख केजी बैदारको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै तालाबन्दी गरिएको पराजुलीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed