![]()
फागुन २५, काठमाडौं । काठमाडौंको बानेश्वरमा आइतबार एक हजार थान मास्क वितरण गरेको हो । कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेकोले सतर्कता अपनाउनका लागि भन्दै नेविसंघले मास्क वितरण गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाभाइरस फैलन सक्ने उच्च जोखिममा रहेको सूचीमा राखेको छ । नेविसंघ भ्याली ईञ्जिनियरिङ कलेजका सभापति विवेक बस्नेत, महामन्त्री महेश्वरी कुँवरलगायतले मास्क वितरण गरेका हुन् । नेविसंघले देशैभर निःशुल्क मास्क वितरण अभियान नै सुरू गर्ने नेविसंघ नेता अनुराग साहले जानकारी दिए । कांग्रेसले कोरोनाभाइरस संक्रमण सचेतनाका लागि भातृ संस्थालाई परिचालन गर्ने निर्णय गरेको छ ।


