Breaking News.... EverestOnlineKhabar
April 20, 2026

सुनको मूल्य तोलामा १८ सय रुपैँया बढ्यो, बनायो नयाँ रेकर्ड

Loading

२०७६ फागुन २३, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार एकैदिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ । बिहीबार ८० हजार ७ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार ८ सयले बढेर प्रतितोला ८२ हजार ५ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed