Breaking News.... EverestOnlineKhabar
September 26, 2026

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल–भारत ३७ सीमा नाकामा चेकजाँच गरिने

Loading

२०७६ फागुन २२, काठमाडौं । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल–भारत ३७ सीमा नाकामा पनि चेकजाँच गरिने भएको छ । सरकारले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता र तयारी भइरहेको जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले दुई देशबीच नाकामा सजगता अपनाइ रहेको जानकारी दिएका हुन् ।खतिवडाले भने, ‘भारत प्रवेश गर्ने ३७ वटा नाकामा स्वास्थ्य टोली राखिएको छ । विमानस्थलबाट प्रवेश गर्ने ६ वटा प्रवेशद्धारमा पनि स्वास्थ्य टोली राखिएको छ ।’

उपप्राधन तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै आउजाउ हुने नेपाल र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली पठाएर चेकजाँच गरिनेछ । प्रवक्ता खतिवडाले भने, ‘स्वाथ्य मन्त्रालयले काम गरिरहेको छ । अन्तराष्ट्रिय मान्यताअनुसार काम गरेका छौं । पाँच सय, पाँच हजारजनामा संक्रमण भयो भने के गर्ने भन्ने योजना बनाएर काम गरेका छौं। त्रासको वातावरण छै, सजगत अपनाउने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed