Breaking News.... EverestOnlineKhabar
June 4, 2026

नक्कली पासपोर्ट प्रयोग गरेका आरोपमा ब्राजिलियन लेजेण्ड फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ

Loading

ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका छन् । नक्कली पासपोर्ट प्रयोग गरी पाराग्वे प्रवेश गरेको अभियोगमा स्थानीय प्रशासनले उनलाई पक्राउ गरेको हो । ३९ वर्षका रोनाल्डिन्होलाई उनका भाइसँगै रिजोर्ट याचेट एण्ड गल्फ क्लबमा नै बन्दीका रुपमा बुधबार राति राखिएको पाराग्वेको गृह मन्त्रालयले जनाएको छ । रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलका लागि विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

पाराग्वेको राष्ट्रियतासहितको रोनाल्डिन्हो र रोबर्तोको नाममा रहेको पासपोर्ट होटलबाट बरामद भएको जनाइएको छ । रोनाल्डिन्होका दाजुभाइलाई होटलमै राखिएको छ । पाराग्वेका अधिकारीहरु उनीहरु पक्राउ परेको सम्बन्धमा स्थानीय समय अनुसार बिहीबार बिहान औपचारिक जानकारी दिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed