Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ फागुन २१, काठमाडौं । नेपाली काँग्रेसले आजैबाट ठुला सभा, सम्मेलन र भेला नगर्ने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी निर्णय सार्वजनिक गरेका हुन् । नेपाल नोवेल कोरोना भाइरसको उच्च जोखिमा रहेका कारण संक्रमण फैलन नदिन काँग्रेसले पार्टीका ठुला कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ ।

चीनको उहान प्रान्तबाट फैलिएको कोरोना भाइरस ६५ भन्दा बढी देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिम मुलुकमा परेको जनाएको छ । यो रोगबाट हालसम्म सबैभन्दा बढि चीनका मानिसहरुको मृत्यु भएको छ । त्यस्तै, काँग्रेसले कोरोनाबाट सतर्कताका लागि चलाउने अभियानमा सरकारलाई साथ दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed