Breaking News.... EverestOnlineKhabar
September 27, 2026

Loading

२०७६ फागुन २१, काठमाडौं । सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा सहमति विपरित एकलौटी रुपमा पार्टीका केन्द्रीय विभाग विस्तारसँगै आमन्त्रित केन्द्रीय सदस्यहरुको मनोनयन गरेको भन्दै संस्थापन इतर समूह फेरि गुटगत छलफलमा जुटेको छ । भेला सभापति देउवाको पछिल्ला कदम बिरूद्ध रणनीति बनाउन भएको सहभागी एक नेताले बताए । प्रदेश २ र ३ को गुटगत भेला गरेर फर्केको संस्थापन इतर समूहले १४ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेपछि पनि पार्टीका केन्द्रीय विभाग गठन गरेको भन्दै गम्भिर असहमति जनाएको छ ।

आफ्नो असन्तुष्टि र असहमति जनाउन संस्थापन इतर समूह बुधबार बिहान चाक्सीबारीमा जुटेको हो । पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, सरिता प्रसाईं, बद्रि पाण्डे, कल्याण गुरुङसहितका कयौं नेताहरु सहभागी छन् । सभापति देउवाले पार्टीका बिभिन्न केन्द्रीय विभाग विस्तारसँगै केहि नेतालाई केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेपछि संस्थापन इतर समूह असन्तुष्ट छ । चाक्सिवारी भेलामा राजधानीमा उपलब्ध संस्थापन इतर समुहका जिल्ला सभापति, उपसभापति र केन्द्रीय सदस्यहरु सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed