Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रधानमन्त्री ओलीलाई पूर्वराजा ज्ञानेन्द्रले दिए स्वास्थ्य लाभको शुभकामना

Loading

२०७६ फागुन २०, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । मंगलबार प्रमुख सचिव पशुपति भक्त महर्जन शाहको सन्देश लिएर शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । पूर्वराजाका संवाद सचिव फणि पाठकले महर्जनमार्फत शाहले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए । ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको छ । शाह दुई दिनअघि मात्रै भारतको दुई साता लामो भ्रमण पूरा गरेर स्वदेश फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.