![]()
२०७६ फागुन २०, सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका–८ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । साविक देउसा गाविस–८ की ५८ वर्षीया उत्रकुमारी राईको घर नजिकै रहेको मुल्ठा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
दर्नालका अनुसार सोमबार दिउँसो करिब १ बजे पति ऐश्र्यकुमार राईसँगै घाँस काटने क्रममा भीरबाट चिप्लिएर लडेको हो । लडेर बेपत्ता बनेकी महिलाको शव मंलबार बिहान ८ बजे करिब २०० मिटर तल भीरमा अड्किएको अवस्थामा भेटिएको थुलुङदुधकोशी–७ का वडाध्यक्ष राम संघर्ष किरातीले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


