![]()
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ । सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको छ । यस्तै ट्वीटरले विश्वभर रहेका आफ्ना पाँच हजार कर्मचारीलाई पनि सकेसम्म घरबाटै काम गर्न प्रोत्साहित गरेको छ । एक दिनअघि ट्वीटरले आफ्ना कर्मचारीलाई अत्यावश्यक बाहेकका व्यवसायिक यात्रा तथा कार्यक्रमहरुका सहभागी नहुन भनेको थियो ।


