Breaking News.... EverestOnlineKhabar
June 6, 2026

‘इमान्दार’ ट्याक्सी चालकलाई ट्राफिकले र्गयो सम्मान

Loading

२०७६ फागुन १९, काठमाडौं । यात्राका क्रममा यात्रुले छुटाएको सामान फिर्ता दिने २१ ट्याक्सी चालक सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस आर्थिक वर्षको अहिलेसम्म ट्याक्सीमा छुटेका नगद, गरगहना र महत्वपुर्ण सामान महाशाखामा आफै बुझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा युवराज राना मगर, यज्ञप्रसाद बराल, कुलबहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापा मगर, अबदेश कुमार झा, प्रविन तामाङ, सूर्यबहादुर तामाङ, कृष्णबहादुर खत्री, कृष्ण घिसिङ, नेत्र प्रसाद तामाङ, रामचन्द्र मोक्तान, रोएत बहादुर रोक्का, जम्क श्रेष्ठ, रिध बहादुर क्षेत्री, नविन सिग्देल, तुलसीराम खनाल, विष्णु आले, नेत्र बहादुर मगर, मनि श्रेष्ठ र निलहरि ढुङ्गेल रहेका छन् ।

चालकलाई सम्मान गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको इमान्दारिताले समाजमा अरू मान्छेलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए । आज सम्मानित हुने चालकहरूमध्ये चालक नविन सिग्देलले अन्दाजी १० लाख ६६ हजार मूल्य पर्ने सुनको १३ तोला बराबरको गरगहना, ल्यापटप थान १ थान, महत्वपुर्ण कागजपत्र भएको लगेज ब्याग आफै बुझाउन ल्याएका थिए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार यस आवमा ट्रयाक्सीमा मात्रै ३९५ वटा सामान छुटेको निवेदन परेको थियो र ट्राफिक प्रहरीको सक्रियतामा अन्दाजी १ करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरको सामान २८० जना सम्बन्धितलाई सामान बुझाइसकिएको छ । ५२ वटा सवारीको नम्बर खुल्न नआएकोले अनुसन्धान जारी रहेको ट्राफिक प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed