Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १८, वीरगञ्ज । वीरगञ्ज स्थित चौधरी होटल एण्ड लजमा एक व्यक्ति आइतबार मृत भेटिएका छन् । वीरगञ्ज– १६ बसपार्क स्थित होटलमा काठमाण्डौ बस्ने ५० वर्षीय जीवन लामा मृत भेटिएका हुन् । लजको ११२ नम्बर कोठामा उनी मृत अवस्थामा छन् भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल तथा लाश जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । लामाको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed