Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ फागुन १६, काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित हासिल गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार १० खेलाडीमा सिमित रानीपोखरी कर्नर टिम आरसीटीलाई ३–० गोल अन्तरले पराजित गर्दै खुमलटार लगातार दोस्रो जित निकालेको हो । खुमलटारको जितमा सबिन केसीले दुई गोल गरे । महेश राईले थप एक गोल गरे । खेलको २८ औं मिनेटमा महेशको गोलबाट खुमलटारले अग्रता बनाएको थियो । ३८ औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाए ।

खेलको ३९ औं मिनेटमा कप्तान अमर डंगोलले रातो कार्ड पाएपछि आरसिटी १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ६२ औं मिनेटमा सबिनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ३–० को सहज जित दिलाए । जितसँगै खुमलटारले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा खुमलटारले मध्यपुर युथ एसोसियसनलाई १–० गोल अन्तरले पराजित गरेको थियो । आरसीटीले भने २ खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा आरसीटीले झम्सिखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।

आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed