Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

नायक टाइगर श्राफले अभिनय गरेको चलचित्र ‘बाघी ३’ रिलिजका लागि तयार छ । यो चलचित्र फागुणको २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । यो चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ । यसैविच, यो चलचित्र रिलिज अगावै टाइगरले अभिनय गर्ने अर्को नयाँ चलचित्रको घोषणा गरिएको छ । टाइगरले चलचित्र ‘हिरोपन्ती’को सिरिजमा काम गर्ने पक्का भएको छ । टाइगर बलिउडमा यही चलचित्रबाट प्रवेश गरेका थिए । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् । चलचित्रमा अहमद खानको निर्देशन रहनेछ । चलचित्रको प्रदर्शन मिति सन् २०२१ जुलाई १६ लाई तोकिएको छ । चलचित्रको फस्टलुकमा टाइगरको एक्सन अवतार देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed