Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १५, काठमाडौँ । सरकारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गरेका हुन् । पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्नेगरी मन्त्रालयले कार्य्विधि बनाउने काम गरिरहेको उनले बताए ।

मन्त्री भट्टराईले कार्य्विधि निर्माण प्रकृयामा रहेकाले यस वर्षको पुरस्कार अधिकारीको जन्मदिन आगामी बैशाख २२ गते वितरण गरिने र अर्को वर्षबाट भने स्मृति दिवसकै दिन वितरण गरिने जानकारी दिए । गत वर्ष फागुन १५ गते आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनपछि काठमाडौं फर्कने क्रममा तत्कालिन मन्त्री अधिकारी सहित सात जना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा निधन भएको थियो । दुर्घटनामा परी मन्त्री अधिकारीसँगै नेपाल सरकारका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed