Breaking News.... EverestOnlineKhabar
April 20, 2026

भ्रष्ट्रचार प्रकरण अन्यत्र मोड्न मेरोबारे भ्रम छर्न खोजियो ः देउवा

Loading

२०७६ फागुन १४, काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धी मंगलबार सार्वजनिक गरिएको विवरणले आफ्नोबारे अनावश्यक भ्रमण छरिएको भन्दै आपत्ति जनाएका छन् । ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ’ नेपाल ट्रस्टको जग्गा यति समूहलाई दिन देउवाको पनि हात रहेको आरोप लागेपछि उनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको भन्दै देउवाले ट्रस्टको बोर्डले गर्ने या गरिएका निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत भएको उल्लेख गरेका छन् । ंयो प्रकरणलाई मैले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको छु’ देउवाको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed