Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १४, काठमाडौं । बाँसबारी फुटबल क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा ब्वाईज युनियन क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै बाँसबारीले लगातार जित निकालेको हो । बाँसबारीको जितमा सुलेमान थापा मगर, सुरेश कुमाल र सजिन थापा मगरले एक एक गोल गरे । ब्वाईज युनियनका टंक बहादुर स्याङदेन र अरुण लिम्बुले एक एक गोल गरे ।

यस अघि पहिलो खेलमा बाँसबारीले श्री भगवती क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । जितसँगै बाँसबारीले २ खेलमा ६ अंक जोडको छ । ब्वाइजले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा ब्वाईजले श्री कुमारी क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed