Breaking News.... EverestOnlineKhabar
April 20, 2026

हिन्दु राष्ट्र पूर्नस्थापनका लागी संविधान संसोधनको आवश्यकता ः कमल थापा

Loading

२०७६ फागुन १४, जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकार परिवर्तन भए देशमा अराजकता र अशान्ति फैलिने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै सरकार ढाल्न चलखेल भइरहेको भन्दै उनले यस्तो बताएका हुन् । ‘नेकपाको पूर्णबहुमतको सरकार हटाउने कुनै शक्ति छैन, तर नेकपाबाटै षड्यन्त्र भइरहेको छ’, अध्यक्ष थापाले भने, ‘अहिलेको सरकार परिवर्तन भए देशमा अस्थिरता, अराजकता र अशान्ति फैलिन्छ ।’ पार्टी प्रदेश–२ कोे निर्वाचन अभिमुखीकरण कार्यक्रममा पत्रकारसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले विगतमा सरकार परिवर्तनको अनुभव जनताले पटक–पटक गरिसकेकोले जनता सरकार परिवर्तनको पक्षमा नरहेको दाबी गरे ।

जनताले विश्वासका साथ मत दिएको सरकारले उदाहरणिय काम गर्न नसकेको भन्दै उनले देशमा बरु भ्रष्टाचार, धर्म परिवर्तन लगायतका समस्याहरु बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गरे । मधेशवादी दलहरुको मागहरुलाई कुनै न कुनै रुपमा संवोधन गर्नु पर्ने आवश्यकता रहेको भन्दै राप्रपाले उठाउँदै आएको हिन्दु राष्ट्र पूर्नस्थापनको निम्ति संविधानमा संसोधनको आवश्यकता रहेको बताए । धर्म निर्पेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा धर्म परिवर्तन गराउने काम भईरहेको भन्दै उनले भने, ‘यो धर्म परिवर्तनबाट सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त भएर विदेशी धर्म र संस्कृति बढने सम्भावना बढेको छ । यसले सामाजिक सदभाव र एकता खल्बल्याउँछ र अन्त्यमा देशलाई धार्मिक द्वन्दमा फसाउँछ ।’

पूर्ण धार्मिक स्वतन्त्रा सहितको स्नातन हिन्दु राष्ट्रको विषयहरु समावेश गरी संविधान संसोधन गर्ने जन समुदायको माग रहेपनि व्यक्तिविशेषको लागि स्वार्थ पुरा गर्न अनावश्यक र अनुपयुक्त विषयको लागि संविधान संसोधन गर्नु गलत रहेको बताए ।

यस्तै, अध्यक्ष थापाले प्रदेश सरकारको कुनै आवश्यकता नरहेको बताएका छन् । केन्द्रमा एउटा बलियो सरकार र स्थानिय सरकारलाई झन शक्तिशाली बनाउनु पर्ने आवश्यकता रहेको भन्दै बिचको सरकारको कुनै आवश्यकता नरहेको बताए । उनले भने, ‘कसैलाई चित नबुझन सक्छ तर हाम्रो विचारमा बिचको सरकारको कुनै आवश्यकता नै छैन । यसले धान्नै सक्दैन । बिचमा रहेको सरकार आर्थिक दृष्टिकोण लगायत अन्य विभिन्न कारणले धान्नै सक्दैन् ।’

त्यस्तै, देशभर एमसीसी सम्झौता बिरुद्ध आवाज उठीरहेको समयमा थापाले सो सम्झौताको पक्षमा आफू रहेको बताए । उनले एमसीसी सम्झौतामा केही संशोधन गरिए नेपाल र नेपाली जनताको हितमै यो सम्झौता रहेको स्पष्ट पारे । यद्यपि यो सम्झौताको नाउँमा एमसीसीलाई देशको कानूनभन्दा माथि राख्नु सह्य नहुने उनको भनाई थियो । दुई वर्षमा नेकपाको सरकारले कुनै राम्रो काम गर्न नसकेको भन्दै ५ वर्षभित्र यो सरकारले काम गर्न सकेन भने जनताले आफै यी दलहरुको विकल्प खोज्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed