Breaking News.... EverestOnlineKhabar
September 26, 2026

सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न बाबुराम भट्टराईको माग

Loading

२०७६ फागुन १४, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । ‘गाउँमा सानो झुप्रो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, भट्टराईले प्रश्न गरे । उनले अगाडि भने, ‘म लगायत हामी सबै हिजो त साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिँडेका थियौँ । आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिँडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गरे ।

प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै उनले भने, ‘सम्मानिय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा खेरी मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्योँ ?’ अहिले देखिएको दृश्य कमाइले कसैको पनि काठमाडौ.मा महल बनाउने हैसियत नपुग्ने दावी गर्दै उनले भने ‘म अलिकति गणितीमा चासो राख्ने मान्छे पनि हुँ । अर्थमन्त्री पनि भइटोपलेको मान्छे । मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाइले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ । त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु ।’ उनले मातातीर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृत्ति देखाउन खोजिएको आरोप समेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed