![]()
२०७६ फागुन १४, गुल्मी । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका–३ घर भई गुल्मी रुरु गाउँपालिका–४ चौतारामा बस्ने २३ वर्षीय तिल बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


