Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १३, जनकपुरधाम । सिराहा प्रहरीले १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोसाकको टोलीले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई किलो सुन बरामद भएको छ ।

उक्त मोटरसाइकलमा सवार लहान १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहम्द मोतिउल रहमान र २१ वर्षीय मोहम्द मुर्तुजालाई ४ वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइएको अवस्थामा १९ तोला ९७ लाल सुनसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुबैलाई मोटरसाइकल र सुनसहित जिल्ला भन्सार कार्यालय ठाडीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed