Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ फागुन १२, चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले फागुन १५ गते ‘चितवन बन्द’ को घोषणा गरेको छ । चितवनकै माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति ऐक्यवद्धता जनाउँदै काँग्रेसले जिल्ला बन्दको घोषणा गरेको हो । वडाध्यक्ष पौडेल बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायत ७ सुत्रीय माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशनमा छन् ।

उनी अनशन बसेको ६ दिन हुँदासमेत माग पूरा गर्नका लागि राज्यले चासो नदिएको भन्दै काँग्रेसले चितवन बन्दसहितका दबाबमूलक कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रमअनुसार मंगलबार दिउँसो १२ः३० देखि जिल्ला प्रशासन कार्यालय, चितवनमा एक घण्टा धर्ना दिने, बुधबार लायन्स चोकबाट पुल्चोकसम्म मसाल जुलुस र बिहीबार चितवन बन्द गरिने काँग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed