Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतले लज्जास्पद हार खेपेको छ । वेलिङटनमा सोमबार भएको टेस्टको चौथो दिन भारत घरेलु टोलीसँग १० विकेटले पराजित भएको हो । यससँगै न्युजिल्यान्डले टेस्ट क्रिकेटमा एक सयौं जित पनि निकाल्न सफल भएको छ । भारत दोस्रो इनिङमा एक सय ९१ रनमा अलआउट भएपछि न्युजिल्यान्डले जीतका लागि केवल ९ रनको लक्ष्य पाएको थियो । न्युजिल्यान्डले उक्त लक्ष्य मात्र १० बलमा पूरा गरेको थियो ।

दोस्रो इनिङमा भारतका मायांक अग्रवालले ५८ रन बनाए । अजिंका रहानेले २९ र ऋषव पन्तले २५ रन बनाए । भारतलाई सस्तैमा समेट्न न्युजिल्यान्डका टिम साउथीले पाँच तथा ट्रेन्ड बोल्टले चार विकेट लिए । न्युजिल्यान्डले पहिलो इनिङमा सवै विकेट गुमाएर तीन सय ४८ रन बनाएको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ८९ रन बनाए । केली जेमिसन र रोस टेलरले समान ४४ तथा कोलिन डी ग्रान्डहोमेले ४३ रन बनाए । यससँगै दुई खेलको टेस्ट सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट शनिबारदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed