Breaking News.... EverestOnlineKhabar
September 27, 2026

Loading

२०७६ फागुन ८, काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विवादास्पद अडियो प्रकरणमा बोलेको अश्लील शब्दप्रति विरोध जनाएको छ । हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको भन्दै संघले खेद प्रकट गरेको छ । संघका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अपशब्द प्रयोग गर्ने मन्त्रीलाई कानूनी कारबाही नभएमा बहिष्कार गर्न पर्ने दिन देख्न नपरोस् ।’ सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed