Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ७, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)बाट दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधबार बिहानसम्म दुई हजार १२ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । ६ जना बाहेक सबैको मृत्यु चीनमा भएको हो । चीनको मुख्यभूमि बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एकरएक जनाको मृत्यु भएको हो । कोरोनाबाट गम्भीर संक्रमित मध्ये १२ प्रतिशतको मृत्यु भएको छ भने ८८ प्रतिशतले भने स्वास्थ्य लाभ गरेका छन् । चीनको वुहानबाट फैलिएको यो भाइरसबाट १६ हजार ७३१ जना गम्भीर संक्रमणमा परेका थिए । सबै देशमा गरेर अहिलेसम्म ७५ हजार २१६ मा कोरोनाको संकेत देखा परेको छ । जसमध्ये करिब १५ हजार निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed