Breaking News.... EverestOnlineKhabar
June 5, 2026

क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग

Loading

२०७६ फागुन ६, काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुल कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् । आजको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले चीनबाट हालै फिर्ता ल्याएर क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । चीनबाट नेपाली विद्यार्थीलाई समयमै उद्धार गरेकामा सरकारलाई धन्यवाद दिँदै उनले फिर्ता ल्याउन नसकिएका अन्य चार विद्यार्थीको अवस्थाबारे पनि जानकारी दिन सरकारसँग आग्रह गरे ।

सरकारले केही दिनअघि चीनबाट उद्धार गरेर ल्याइएका १७५ जना विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेर सूक्ष्म अनुगमन गरिरहेको छ । नेकपाका अर्का सांसद नैनकला ओझाले नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटा र नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । नेपाली काँग्रेसका सांसद प्रकाश पन्तले विभिन्न विश्वविद्यालय र संवैैधानिक आयोगमा पदाधिकारीले पूर्णता नपाउँदा कामकाज नै प्रभावित भएको भन्दै रिक्त पदपूर्ति कहिलेसम्म हुन्छ भनी प्रश्न गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed